गंगा चाैधरीले गरिन् स्वतन्त्र उम्मेदवारी दर्ता

29

काठमाडाैँ । पूर्वसांसद गंगा चाैधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ-१ बाट उम्मेलवारी दर्ता गराएकी छन् ।

नेकपा एमालेबाट सांसद बनेकी चाैधरीले आगामी मंसिर ४ गतेका लागि तय भएकाे प्रतिनिधिसभाकाे निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् ।

एमालेले उनकाे निर्वाचन क्षेत्र दाङ-१ बाट प्रतिनिधिसभा सदस्यमा पाेलिटव्यूराे सदस्य शान्ता चाैधरीलाई टिकट दिएकाे छ ।