सन्दीप लामिछाने एयरपोर्ट बाटै पक्राउ !

156

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज स्वदेश फर्किंएका छन्  । उनी कतार एयरवेजको उडानबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइ पुगेका हुन । प्रहरीले विमानस्थलबाट नै लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको थियो ।

स्वदेश फर्किन लागेको जानकारी उनले सामाजिक सन्जालमार्फत् दिएका हुन् । त्यसबारे नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको उनले उल्लेख गरेका छन् । उनी विदेशमै रहेको बेला गत भदौ २१ गते एक बालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । उनी विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।