काठमाडौ । नेपालीहरूको महान पर्व बिजया दशमी २०७९ को उत्तम साइत ११ वजेर ५१ मिनेटमा रहेको छ । टिकाको दिन बुधवार दिनभरी टिकाको साइत रहेपनि उत्तम साइत भने ११ वजेर ५१ मिनेटमा रहेको नेपाल पन्चाङ्ग निर्णायक समितिले जनाएको छ । भोली शुरू हुने टीका लगाउने क्रम पाँच दिन अर्थात पूर्णिमासम्म लगाउने चलन रहेको छ ।














