काठमाडौं । पहिलो कमेडी च्याम्पियन हिमेश पन्त धादिङबाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने भएका छन्। उनलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सिफारिस गरेको हिमेश पन्तले जानकारी दिए। उनका अनुसार राजनीतिमा पनि युवा लाग्नुपर्छ भन्ने उदेश्यले राजनीतिमा लागेका हुन्।
‘मेरो राजनीतिप्रति पहिलेदेखि नै झुकाव थियो,’ उनले भने,यसैले पनि अहिले आएर म चुनावमा उठ्ने निधो गरेको हुँ
भएका सबै राजनीति पार्टिको पुरातनवादी सोच भएका कारण आफूले राष्ट्रिय स्वतन्त्र पार्टीमा उम्मेदवार दिने भएको उनी बताउँछन्।
रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चामा आएका पन्त धादिङकै स्थानीय हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस भएका हुन्।














