भक्तपुर । भक्तपुर नगरपालिकाले १२० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रम गरेको छ । आईतबार भक्तपुर नगरपालिकाले संस्थागत विद्यालय छात्रवृत्ति वितरण कार्यविधि २०७४ को प्रावधानअनुसा छात्रवृत्ति छनोट समितिको निर्णय, योग्यताक्रम र प्राथमिकतामा आधारमा छनोट भएका विद्यार्थीहरुलाई आइतबार एक समारोहबीच छात्रवृत्ति सिफारिस पत्र वितरण गरेको छ ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुले आफ्नो क्षमताअनुसारको विषय रोजेर उच्च शिक्षा हासिल गर्नु उचित हुने बताउनुहुँदै उनले अध्ययनशील र मेहनती विद्यार्थीहरुको हरेक क्षेत्रमा विशेष महत्व रहने बताए ।
प्रमुख प्रजापतिले सेवालाई आर्थिक लाभसँग कहिल्यै जोड्न नहुने बताउदै सञ्चालित ख्वप कलेजलाई हालै बीएएलएलबी अध्ययन अध्यापनको लागि स्वीकृति प्राप्त भइसकेको अवगत गराए ।
शिक्षाकै कारण विकसित देशहरु आर्थिक, सामाजिक र राजनैतिक रुपमा अगाडि बढिरहेको प्रसंग जोड्दै उनले शिक्षा नभएको व्यक्तिले जीवनमा जतिसुकै आर्थिक लाभ हासिल गरे पनि सामाजिक र राजनैतिक रुपमा अगाडि बढ्न कठिन हुने बताए ।
उपप्रमुख रजनी जोशीले शिक्षा विनाको जीवन अर्थपूर्ण नहुने बताउँदै कक्षा ११ र १२ मा बाहेक नेपालभाषा, भूगोल, राजनीतिशास्त्र, इतिहास र संस्कृति विषय लिएर अध्ययन गरेका विद्यार्थीहरुलाई पनि छात्रवृत्ति वितरण गरिरहेको बताए ।
भक्तपुरलाई उत्कृष्ट नगर बनाउन विद्यार्थीहरुको अहम् भूमिका रहने बताउदै प्रदान गरिरहेको शैक्षिक ऋणबाट धेरै विद्यार्थीहरुले उच्च शिक्षा प्राप्त गर्न मद्दत पु¥याइरहेको छ भने ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले सन्तोष अध्ययनको शत्रु हो’ भन्दै गम्भीर र मेहनत गरी आज अध्ययन गरे भोलिको भविष्य उज्यालो हुने बताए । भक्तपुर नपाबाट सञ्चालित सातवटा शैक्षिक संस्थामा हाल ७ हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै उनले आजका विद्यार्थी भविष्यका कर्णधारहरु हुन् भने ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले छात्रवृत्तिबाट अध्ययन गरेका विद्यार्थी देश र समाजप्रति अझ प्रतिबद्ध भएर काम गर्नुपर्ने बताउँदै जेहेनदार छात्रछात्रहरुलाई योग्यताक्रम र प्राथमिकताको आधारमा छात्रवृत्ति प्रदान गरेको बताए ।
कार्यक्रममा आदर्श आजादका प्रअ श्रीकृष्ण किसी, भक्तपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ र नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले पनि बोले थिए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले छात्रवृत्तिमा छनोट भएका १२० जना विद्यार्थीहरुलाई छात्रवृत्ति सिफारिस पत्र प्रदान गरेको थियो । भक्तपुर नगरपालिकाले यस वर्ष व्यवस्थापनमा ६३, विज्ञानमा ३८, मानविकीमा ९ जना र शिक्षा विषयमा ६ जना गरी ख्वप मावि, बागीश्वरी मावि, बासु मावि र आदर्श आजाद कलेजका जम्मा १२० जना विद्यार्थीहरु ६१ लाख बराबरको छात्रवृत्ति प्रदान गरेको थियो ।