बिपी प्रतिष्ठान धरानकोे लक्ष्यः बिरामीको बेडमा नै औषधी

70

सुनसरी (धरान) । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा फार्मेसीको उद्घाटन भएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति अनुरुप स्वास्थ्य सेवामा सर्वसाधारणाको प्रभावकारी रुपमा पहुंच सुनिश्चित गर्नका लागि प्रतिष्ठान आफैले फार्मेसी स्थापना गरी पूर्ण रुपमा संचालनमा ल्याएको हो ।एक समारोह बिच प्रतिष्ठानका उपकूलपति डा.ज्ञानेन्द्र गिरीले औपचारिक रुपमा प्रतिष्ठान फार्मेसीको उद्घाटन गर्नुभयो । उपकूलपति डा.गिरीले आप्mनै फार्मेसी मार्फत विरामी तथा सेवाग्राहीहरुलाई शुलभ एवम् गुणास्तरिय सेवा पुर्याउने हेतुले सम्पूर्ण व्यवस्थापकिय कार्यहरु पुरा गरी सहज रुपमा सेवा प्रदान गर्दै आइरहेकोले बताउनु भयो ।

सर्वसाधारणालाई गुणस्तरिय औषधी सर्वसुलभ रुपमा उपलब्ध हुने र प्रतिष्ठानलाई पनि आर्थिक रुपमा टेवा पुग्ने विश्वास उपकुलपति गिरीले व्यक्त गर्नु भयो । सोहि अवसरमा रजिष्टार प्रा.डा.सूर्य प्रसाद संग्रौलाले अस्पताल हाताभित्रैबाट औषधीहरु उपलब्ध हुंदा विरामीहरुलाई रातबिरात अन्यत्र जानुपर्ने समस्याबा६ राहत भएको बताउनु भयो । प्रतिष्ठानका अस्पताल निर्देशक एवम् फार्मेसी सञचालन तथा व्यवस्थापनका संयोजक डा.जगत नारायण प्रसादले औषधी र औषधीजन्य पदार्थ सामाग्रीहरुको उपलब्धतालाई सहज, व्यवस्थित एवम् प्रभावकारी बनाउने बताउनुभयो ।
अस्पतालमा भर्ना भएका विरामीहरुलाई अन्यत्र कतै औषधि खरिद गर्न जानु नपर्ने गरी प्रतिष्ठान फार्मेसीबाट बिरामीको बेडमानै औषधी पर्याउने लक्ष लिएर गृहकार्य भैरहेको समेत जानकारी दिनुभयो ।

प्रतिष्ठान फार्मेसी शाखाका प्रमुख लक्ष्मण महर्जनले प्रतिष्ठानको फार्मेसी पूर्णरुपमा सञचालनमा आएकोमा खुशी व्यक्त गर्दै यसको सञचालनमा सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद दिनु भयो । उक्त कार्यक्रमा विभिन्न विभाग, महाशाखा, शाखाका प्रमुखहरु लगायत शिक्षक, कर्मचारीलगायतको उपस्थिती रहेको थियो ।