पूर्वप्रधानन्यायाधीश समितिको बैठकमा नजाने

34

काठमाडौँ । सर्वोच्च अदालतका ४ पूर्वप्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिको बैठकमा नजाने भएका छन् । पूर्वप्रधानन्यायाधीहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की समितिको बैठकमा जानु उपयुक्त नहुने निश्कर्षमा पुगेका हुन् ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले समितिसमक्ष बयानका क्रममा नाम लिएका ६ न्यायाधीश र ४ पूर्वप्रधानन्यायाधीशलाई समितिले सोधपुछका लागि बोलाएको थियो । यसअघि हिजै सर्वोच्चका सबै न्यायाधीश सम्मिलित फुलकोर्ट बसेर न्यायाधीशहरु पनि महाभियोग सिफारिस समितिले बोलाएको छलफलमा जान नहुने निर्णय गरिसकेको छ।