बागमती प्रदेशको उपसचिब पदमा भक्तपुरका खड्का
भक्तपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको प्रथम अधिबेशन सम्पन्न भएको छ । केहीदिन अगाडी भक्तपुरमा सम्पन्न सो अधिबेशनले जय गुरुङ्गको नेतृत्वमा ९७ सदस्य रहेको प्रदेश कमिटी चयन गरेको थियो ।
सो अधिबेशनबाट भक्तपुर जिल्लाका युवा नेता राजेश खड्का सहसचिब पदमा सर्बसहमत भएका छन् ।
नवनिर्वाचित सहसचिब खड्काले नयाँ नेपाल न्यूजसंग कुरा गर्दै भने ‘वर्तमान अवस्थामा मुलुकमा बढेको विकृतिको अन्त्य गर्न युवासंघ सधै तयार छ ।’ अबको नेपालमा हरेक पार्टीभित्र युवा पुस्ताको सहभागीता बढ्नु पर्छ, सधै युवाहरु पछाडी पर्दा राजनीतिमा वितृष्णा बढेको उनको भनाई छ ।













