राष्ट्रपतीद्धारा भरतबन्धुको नेपाल ईन ईमीजेज पुस्तक सार्वजनीक

83

काठमाडौँ । राष्ट्रपती विद्या देवी भण्डारीले लेखक तथा फोटाग्राफर भरतबन्धु थापाको नेपाल ईन ईमीजेज तस्बिर पुस्तक सार्वजनीक गनुभएको छ । पुस्तक सार्वजनीक गदै राष्ट्रपती विद्यादेवी भण्डारीले भन्नुभयो यस पुस्तकले देश भित्र तथा विदेशमा नेपाल कला संस्कृती तथा नेपालको भौगोलिक सुन्दरताको बिषयमा जानकारी दिने बताउनुभयो । उहाँले भन्नुभयो यस पुस्तकले नेपालको पर्यटन तथा संस्कृतीलाई स्वदेश तथा विदेशमाझ पुराउन मदत गर्ने मैले विश्वास लिएको छु ।
कार्यक्रममा पर्यटन मन्त्री जिवनराम श्रेष्ठले भन्नुभयो नेपाल ईमीजेज पुस्तक नेपाल चिनाउने अाँखीझ्याल भएको बताउनुभयो । यस पुस्तकले पर्यटन क्षेत्रमा केही टेवा पुराउनेमा आफुले विश्वास लिएको बताउनुभयो ।
नेपाल प्रज्ञा पतिष्ठानका कुलपती गंगाप्रसाद उप्रतीले नेपालका सातै प्रदेशको भौगोलिक सुन्दरता तथा त्यहो बस्तुस्थिती यस किताबमा समेटीएको बताउनुभयो ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको भरतबन्धुको नेपाल ईन ईमीजेज फोटो पुस्तकमा सिंगो नेपाललाई तस्बिरमा हेर्न सकिन्छ । नेपालको सुदूरपूर्वदेखि ओलाङचुङ गोलादेखि सुदूरपश्चिमको कालापानी सम्म र उत्तरमा सगरमाथा देखि दक्षीणमा जानकी मन्दिर सम्मका तस्बिहरु समावेश गरीएको छ भने हिमाल, पहाड, तराई र उपत्यका सबै क्षेत्रका महत्वपूर्ण तस्बिरहरूलाई पुस्तकमा रहेको छ ।
नेपालको भौगोलिक सुन्दरता, पुरातात्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्व राख्ने ५ सयभन्दा बढी रंगीन तस्बिरहरू पुस्तकमा समेटिएको लेखक भरतबन्धुले बताए । सात प्रदेशलाई सात खण्डमा विभाजन गरी प्रत्येक प्रदेशको परिचय सहित प्रदेशलाई चिनाउने धार्मीक, ऐतिहासीक, प्राकृतीक, साँस्कृतीक बिषय बस्तुको जानकारी सहित तस्बिहरु समावेस गरीएको छ ।
‘एउटै कृतिमा एकै ठाउँमा बसेर सिंगो देश हेर्न सकिन्छ,’ भन्ने हेतुले यो पुस्तक तयार गरीएको लेखक तथा फोटोग्राफर थापले बताए ।
उनको नयाँ किताब नेपाल ईन ईमीजेज नेपाल चिन्न चाहनेहरूले एउटै किताबमा यसका प्रमुख दृश्यहरू देखून र प्रमुख विशेषताका बारेमा थाहा पाऊन भन्ने मेरो उद्देश्य रहेको बताए
भरतबन्धुको पहिलो किताब ‘वाइल्ड वेस्ट नेपाल’ सन २०१३, सन् २०१९ मा गन्तव्य कर्णाली, सन् २०१९ एक्सपोल फारवेष्ट, सन् २०२० कर्णाली, सन् २०२१ गन्तव्य मध्यपुर, सन् २०२१ त्स्बिरमा नेपाल, सन् २०२२ वेस्ट नेपाल, सन् २०२२ मा डेस्टीनेशन मध्यपुर पुस्तक सार्वजनकि भईसकेका छन् ।
हार्ड कमभरमा रहेको ३ सय ३० पृष्ठ रहेको पुस्तकको मुल्य २ हजार ३ सय ९५ रुपैया रहेको छ ।