Thursday, October 1, 2026
Home समाज मिटरब्याज पीडितलाई माइतीघर जान रोकेयो, कीर्तिपुरमा झडप

मिटरब्याज पीडितलाई माइतीघर जान रोकेयो, कीर्तिपुरमा झडप

74

काठमाडौँ । कीर्तिपुरमा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको छ।
मिटरब्याज पीडित प्रदर्शनका लागि माइतीघर मण्डल आउँदै गर्दा प्रहरीले रोकेको थियो।
गाडीमा आउन लागेका उनीहरूलाई प्रहरीले रोकेपछि विवाद सुरू भएको थियो।
प्रहरीले गाडीमा आउन नदिएपछि मिटरब्याज पीडितहरू हिँडेरै माइतीघर आउन लागेका थिए। हिँडेर आउन लाग्दा पनि प्रहरीले रोकेपछि झडप भएको हो।
प्रहरीले मिटरब्याज पीडितहरूमाथि लाठीचार्ज र कुटपिट गरेको अभियन्ता निर्घ नवीनले बताए। मिटरब्याज पीडितलाई प्रहरीले कीर्तिपुरस्थित प्रहरी वृत्तमा राखेको छ। उनीहरूले प्रहरी वृत्तमा पनि नाराबाजी गरिरहेका छन्।
मिटरब्याज पीडितहरू केही समयदेखि कीर्तिपुरमा टहरा बनाएर बसेका छन्। उनीहरू यसअघि गौशाला क्षेत्रमा बस्थे।