Thursday, October 1, 2026
Home अन्तर्राष्ट्रिय शोकमा डुब्यो बेलायत

शोकमा डुब्यो बेलायत

45

काठमाडौं । बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनसँगै संसारभरका जनताले ठाउँ–ठाउँमा फूल चढाएर उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
बेलायतको राजदरबार बकिङ्घम प्यालेस अगाडि बाहिर हजारौं मानिस भेला भएर उनको शोकमा फूल चढाइरहेका छन्। केहीले आधा झण्डा झुकेको दरबारको तस्बिर खिचिरहेका छन्। उनको मृत्युको सूचना बकिङ्घम प्यालेसको मुख्य प्रवेशद्वारमा राखिएको छ।बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गएराती बाल्मोरलमा निधन भएको हो। उनले ७० वर्षसम्म बेलायतको नेतृत्व गरिन्।
महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् र त्यसयता उनी ठूलो सामाजिक परिवर्तनको साक्षी बनेकी थिइन्।