पैसा लुट्ने दुई युवक पक्राउ

77

जनकपुरधाम । धनुषामा दिनदहाडै पैसा लुट्ने दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा नं- ६ निकाल बस्ने २० वर्षीय भरोशी भन्ने नरेश यादव र वडा नं- ४ बस्ने २३ वर्षीय सरोज दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

बुधवार लक्ष्मीनियाँ ४ सपहीस्थित रहेको मेगा बैँकबाट स्थानीय ७५ वर्षीय राम दासले १ लाख ८० हजार रुपैयाँ निकाली बैँकबाट निस्केपछि दुबैजना लुटेर फरार भएका थिए। अपरिचित व्यक्तिले पैसा लुटेर फरार भएको सूचना प्रहरीमा आएपछि अनुसन्धान गर्दै जाँदा दुबैजना पक्राउ परेको प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए।

प्रहरीले लुटिएको रकममध्ये १ लाख ७५ हजार भरोशीको छाप्रो घरमा माटोमा खाल्डो खनी गाडेको अवस्थामा बरामद गरेको र सरोजबाट १ हजार ५ सय बरामद गरेको हो। यस्तै, लुटपाटमा प्रयोग भएको ज १२ प ८५९३ नम्बरको पल्सर मोटरसाइकल बरामद गरी थप अनुसन्धान थालेको प्रहरी उपरीक्षक रजौरेले बताए। यसअघि पनि जनकपुरधामबाट रुपैयाँ लुट्ने लक्ष्मीनियाँकै दुई युवक पक्राउ परेका थिए।