काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ९ सय ८१ पिसिआर परीक्षणका क्रममा १ सय ७७ जना र २ हजार ६ सय ९ एन्टीजेन परीक्षणका क्रममा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १२४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल नेपालमा २ हजार ४ सय ५७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।