काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका व्यक्ति हुन् कमल बहादुर तामाङ्ग । आगामी मंसिर ४ गते हुने निर्वाचनमा उनी पार्टीको तर्फबाट बागमती प्रदेश सांसदकालागि समानुपातिक सूचिमा सिफारिसमा परेका छन् । सामानुपाति सूचिमा धेरैको नाम भएपनि पार्टीले युवालाई मौका दिनेमा तामाङ्ग ढुक्क छन् ।
जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. १ गैरिगाउँ स्थायी घर भएका तामाङ्ग विगतमा अध्ययनको शिलसिलामा भक्तपुरमा नेविसंघको राजनीति गर्दथे । २०४० साल कार्तिक १० गते जन्मिएका उनले २०६१ सालबाट राजनीति यात्रा तय गरेका हुन् । पार्टीका विभिन्न तहमा रहेर जिम्मेवारी पुरा गरेका उनले गएको जिल्ला अधिवेशनमा पार्टी सचिव पदमा प्रतिस्पर्धा गरेका थिए । नेपालमा राजनीतिक गर्ने युवा पुस्ताको कमि भएको अब पार्टी र मुलुकको नेतृत्व गर्ने जिम्मेवारी युवाले पाउनु पर्ने उनको भनाई छ । सबै पार्टीमा सधै एउटै मात्र व्यक्तिले लाभ पद लिने हो भने देशको परिर्वतन हुन सक्दैन तामाङ्गले भने ।