Saturday, October 17, 2026
Home अन्तर्राष्ट्रिय अस्पतालको झ्यालबाट खसेर एक जनाको मृत्यु

अस्पतालको झ्यालबाट खसेर एक जनाको मृत्यु

52

काठमाडौं । रुसको विशाल तेल कम्पनी लूकओइलका अध्यक्ष राभिल म्यागानोभको मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर  एक जनाकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा रुसका चर्चित व्यापारी रहरेका छन् ।  साे घटना रहस्यमय परिस्थितिमा मृत्यु भएका शृङ्खलाबद्ध घटनामा म्यागानोभको मृत्यु पछिल्लो घटना हो। अनुसन्धान अधिकारीहरूले उनको मृत्युको कारणबारे जान्ने प्रयास भइरहेको बताएका छन्। समाचारसंस्था तासका अनुसार बिहीवार बिहान अस्पतालको छैटौँ तल्लाको झ्यालबाट उनी खसेका थिए। सोभियत नेता मिखाइल गोर्बाचोफको पनि त्यही अस्पतालमा केही दिनअगाडि निधन भएको  थियाे ।

रुसले युक्रेन अतिक्रमण गरेलगत्तै लूकओइलको सञ्चालक समितिले द्वन्द्व सकेसम्म चाँडो अन्त्य गर्न आह्वान गरेको थियो। कम्पनीका अर्बपति अध्यक्ष भ्यागिट आलेकपेरोभले एप्रिलमा ब्रिटेनले उनीविरुद्ध आर्थिक प्रतिबन्ध लगाइदिएपछि राजीनामा दिएका थिए। पछिल्ला महिनाहरूमा रुसका कैयौँ अग्रणी ऊर्जा व्यापारीहरूको अस्वाभाविक परिस्थितिमा ज्यान गएको छ। -एजेन्सी