Wednesday, October 7, 2026
Home समाज माइतीघरदेखि बालुवाटारसम्म काँधमा हलो बोकेर मार्च

माइतीघरदेखि बालुवाटारसम्म काँधमा हलो बोकेर मार्च

87

काठमाडौं । किसान-मजदुर संघर्ष समितिले बिहीबार माइतीघरदेखि बालुवाटारसम्म किसान मजदुर मार्च गरेको छ। समितिले मिटर ब्याज तथा ठगीविरूद्ध बिहीबार दिउँसो दुई बजे माइतीघरदेखि बालुवाटारसम्म किसान मजदुर मार्च गरेको हो।

मार्चमा सहभागीहरूमध्ये एक जनाले काँधमा हलो नै बोकेका थिए भने अरूले विभिन्न नारा र माग लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए।  मार्चमा विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडित किसानसँगै नागरिक आन्दोलनका अगुवाहरू पनि सहभागी थिए।