काम गरेपछि बजेट अभाव हुुन दिँदैनाैँः शाही

152

सिमकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाहीले प्रदेश सरकारअन्तर्गत सञ्चार हुने कुनै पनि कामका लागि बजेट अभाव हुन नदिने बताएका छन्।

हुुम्ला जिल्ला आइपुुगेका मुख्यमन्त्री शाहीले जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालय प्रमुखहरूसँगको भटघाट कार्यक्रममा प्रदेशअन्तर्गत दश वटै जिल्लामा स्थापना भएका कार्यालयलाई काम गर्न प्रदेश सरकारबाट बजेट अभाव हुन नदिने बताए।

काम मात्र छिटो–छरितो र पारदर्शी रूपमा गर्न उनले कार्यालय प्रमुुखहरूलाई आग्रह गरे।
यसअघि कार्यविधि ढिलो, निकासा ढिलो, निमित्त कार्यालय प्रमुख खटाउँदा काम गर्न समस्या हुने गरेको गुनासो आउने गरेको थियो।

यस सम्बन्धमा मुख्यमन्त्री शाहीले विगतमा जस्तो कार्यालयहरूले प्रदेश सरकारको कारण कुनै पनि काम गर्न ढिलो हुने र काम रोकिने अवस्था आउन नदिने बताए।

उनले यसको सुुरु साउन १ गते नै निकासा, अख्तियारी र साउन दोस्रो हप्ता कार्यक्रम सञ्चालन कार्यविधि जिल्लाहरूमा पठाएर सजिलो गरिएको बताए।

प्रदेश सरकारले यस वर्षबाट मुख्यमन्त्री रोजगार कार्यक्रमको अख्तियारी र निकासा पनि साउनमै पठाएको स्मरण गराउँदै अहिलेबाटै काम सुुरु गर्न गाउँपालिकालाई आग्रह गरे।

पहिले दुुर्गम जिल्लामा कर्मचारी आउन नमान्ने गरे पनि अहिले भने त्यसमा परिवर्तन आएको जानकारी दिँदै उनले केही सहज भएरै यो अवस्था आएको उल्लेख गरे।