भौतिक राज्यमन्त्रीलाई पदबाट हटाइयो

81
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री  कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको  छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए ।
नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट राज्यमन्त्री बनेका चौधरीलाई पार्टी गतिविधि विपरित काम गरेको भन्दै पार्टीको सिफारिसमा मुख्यमन्त्रीले पदमुक्त गरेकाे स्राेतकाे दाबी छ । उनलाई मन्त्री पदबाट हटाउनुकाे कारण भने खुलाइएकाे छैन । ।