भक्तपुर । नगरकोट सामुदायिक होमस्टे ग्रामिण पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा सुरज बास्तोला सर्वसहमत चयन भएका छन् । सोमबार होमस्टेको ११ औं साधरणसभाबाट दोस्रो कार्यकालकोलागि पनि बास्तोला पूनः अध्यक्ष भएका हुन् । होमस्टेकोे उपाध्यक्ष इन्दिरा बास्तोला, सचिबमा सुबास बास्तोला, कोषाध्यक्षमा लक्ष्मी बास्तोला चयन भएका हुन् । त्यसैगरि सदस्यहरुमा गोविन्द बास्तोला, बिमला बास्तोला र रमा बास्तोला चयन भएका हुन् । सल्लाकारहरुमा राजकुमार लामिछाने, निरन्जन बजगाइ, नबिन गुरुङ, क्यारेन ध्वजु र शिव लामिछाने चुनिएका छन् ।