काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउ लागेको छ । मेयर बालेन्द्र साह अनधीकृत संरचना हटाउनका लागि आफैं डोजर लिएर मैदानमा खटिएका छन् ।
अर्केडमा हाल सुपरमार्केट सञ्चालन गरिएको छ । भवनको अण्डरग्राउण्ड बेसमेन्टमा बनाइएका संरचना भत्काउन डोजर लिएर नगर र ट्राफिक प्रहरीको टोली त्यहाँ पठाउन लागिएको महानगरले जनाएको छ ।