काठमाडौं । काठमाडौंको पेरिशडाँडामा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा देव गुरूङलाई प्रस्ताव गरेका छन्। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा प्रस्ताव भएका छन्।
त्यस्तै प्रचण्डले उपमहासचिवमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतलाई प्रस्ताव गरेका छन्। दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम शर्मा र राम कार्कीलाई सचिवमा प्रस्ताव गरेका हुन्। कोषाध्यक्षमा श्रीराम ढकाललाई प्रस्ताव गरिएको छ।