काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ३१७ जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई बुधबार उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १७८, लेन अनुशासन पालना नगर्ने ७९, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित स्थानमा हर्न बजाउने १३२ र नदेखिने गरी नम्बर प्लेट राख्ने २८ जना सवारी चालक रहेका छन् । यस्तै, २ हजार ८१८ जना सवारी चालकलाई अन्य कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।