काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १० गते विशेष साधारण सभा बोलाएको छ । साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।
सभा डेलिस ओपेरा रेस्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा बोनस सेयर वितरण र सुनकोसी हाइड्रोपावर कम्पनीको प्राप्तिपछि कायम चुक्ता पुँजीको ५०५ हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेस हुनेछ ।













