फोहोर व्यवस्थापनको माग गर्दै मेयर साह प्रधानमन्त्री भेट्न जाँदै

34

काठमाडौं । फोहोर व्यवस्थापन गर्न माग गर्दै मेयर वालेन्द्र साह प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्न जाने भएका छन् । उपत्यकाको फोहोर व्यवस्थापन जटिल बनेपछि काठमाडौ महानगरपालिकाका मेयर साह सहितको काठमाडौ महानगरपालिकाको टोली प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट गर्न जाने भएको हो।

मंगलवार बिहान बञ्चरेडाडा ल्याण्डफिल साइट अवलोकन गर्ने क्रममा तीनपिप्लेबाट फर्किएका मेयर साह र प्रवक्ता नविन मानन्धर सहितको टोली साँझ बालुबाटार जाने भएका छन् । प्रवक्ता मानन्धरले अहिले केहीबेरमा प्रधनमन्त्री देउवासंग भेट गर्न जान लागेको बताए ।

उनका अनुसार भेटमा मेयर सहितका केही टोली पुग्नेछन् । प्रवक्ता मानन्धरले बिहान ओखरपौवा पुगेको बताएपनि तीनपिप्लेबाट बञ्चरेसम्म जान सकेका थिएनन् ।स्थानीयको अवरोधका कारण करिब तीन सातायता ल्याउडफिल साइमा फोहोर फाल्न सकेको छैन । महानगरपालिकाको चर्को आलोचना भएपछि मेयर साह प्रम भेटन वालुवाटार जान लागेका हुन् ।