अन्तर्राष्ट्रिय बेचबिखनविरुद्धको दिवस मनाइँदै

51

काठमाडौँ । शनिबार जुलाई ३० तारिख, अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस, नेपालमा पनि मनाइँदैछ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् २०१३ देखि जुलाई ३० मा यो दिवस मनाउन थालिएको हो।

दिवसको अवसरमा विश्वभर मानव बेचबिखनविरुद्ध जनचेतचना जगाउने र बेचविखनमा परेका व्यक्तिको मानवअधिकार संरक्षण गर्ने कार्यलाई प्रचारप्रसार तथा प्रतिवद्धता व्यक्त गरिन्छ।

संयुक्त राष्ट्रसंघको एक प्रतिवेदन अनुसार बेचबिखनमा परेकाको यकिन संख्या तोक्न कठिन भए पनि यीमध्ये २८ प्रतिशत बालबालिका छन्। ७० प्रतिशतभन्दा धेरै महिला बेचबिखनको शिकार हुन्छन्। दक्षिण एसियामा बेचबिखनमा पर्नेमा ४० प्रतिशत बालबालिका रहेको तथ्यांक छ।