प्रचण्डसँग युरोपेली सङ्घका राजदूतको भेट

50

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेटवार्ता गरेका छन् । अध्यक्ष दाहाल निवास खुमटारमा शुक्रबार भएको भेटवार्तामा नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको बताइएको छ ।

सो अवसरमा राजदूत डेप्रेजले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । नेपालको शान्ति प्रक्रिया सकारात्मक दिशामा अघि बढेको उनको भनाइ थियो । भेटमा अध्यक्ष दाहालले नेपालको शान्ति प्रक्रिया र विकासमा युरोपेली सङ्घले गरेको सहयोगप्रति आभार प्रकट गरेका थिए।