नेपालगञ्ज । बाँकेमा फेरि कोरोना संक्रमण बढ्न थालेको छ। शुक्रबार चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भेरी अस्पतालमा १२ जनाको पिसिआर जाँच गर्दा तीन जनामा कोरोना देखिएको छ। बागेश्वरी ल्याबमा एक जनामा कोरोना पुष्टि भएको छ। बाँकेमा अहिले ३९ जना कोरोना संक्रमित रहेका छन्। उनीहरू सबै होम आइसोलेसनमा रहेका छन्।
उता नाकामा भारतबाट आएका व्यक्तिमा कोरोना देखिनेको संख्या बढिरहेको छ। नाकामा रहेको जमुनाहा हेल्थडेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार साउनमा एक हजार ९२ जनाको जाँच गर्दा ३४ जनामा कोरोना पुष्टि भएको छ।
नाकामा असारमा तीन हजार ६ सयको जाँच गर्दा ६० जनालाई कोरोना देखिएको थियो। जेष्ठमा ८ सय ५० जनाको जाँच गर्दा ९ जनामा कोरोना देखिएको थियो। नाकाको तथ्यांक हेर्दा संक्रमितको संख्या बढ्दो छ। कोरोना देखिएका सबैजसोले तेस्रो डोजसम्म कोरोनाविरुद्धको खोप लगाएका छन्।