२ लाख लुटेर फरार भएका २ जना पक्राउ

50

जनकपुर । जनकपुरबाट २ लाख रुपैयाँ लुटेर फरार भएका लुटेरालाई प्रहरीले पक्राउ गरेको छ । विदेशबाट श्रीमान्‌ले पठाएको पैसा बैंकबाट निकालेर घर फर्किने क्रममा महिलाबाट लुटिएको पैसासहित २ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए ।

मोटरसाइकल र लुटपाटमा संलग्न लक्ष्मिनिया -७ का २० वर्षीया जितेन्द्रप्रसाद साह र २१ वर्षीय दिपेन्द्र मण्डललाई नियन्त्रणमा लिएको हो ।

सबैला-४ पटेर्वाका देवशरण यादवले साउदी अरबबाट पठाएको दुई लाख रुपैयाँ जनकपुरधाम(१ स्थित एभरेस्ट बैंकबाट लिएर साउन ८ गते घर फर्किंदै गरेकी २८ वर्षीया शर्मिला देवीको हातबाट लुट्नेलाई पक्राउ गरिएको उनले जानकारी दिए । लुटिएको पैसासमेत बरामद भएको छ ।