धादिङ । धादिङको निलकण्ठ नगरपालिका–४ बेसारे बेंसीघरमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । स्थानीय भरत रानाको घर पुरिँदा उनकी बुहारी शर्मिला राना मगरको मृत्यु भएको त्यहाँका वडाध्यक्ष हरि श्रेष्ठले जानकारी दिए ।
रातिदेखि परेको पहिरोले घर पुरिँदा उनको मृत्यु भएको हो । पहिरोले पुरिएर बेपत्ता भएकी उनको सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले शव निकालेका थिए । बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । धादिङबेंसीको अरुण खोलामा बाढी आउँदा भौतिक क्षति हुन पुगेको छ । बाढीले खेत, टहरा सामानहरु समेत बगाएको छ भने खोला किनारका घरहरु जोखिममा परेका छन् ।