महाकाली सन्धिको २७ वर्षपछि भारतले बल्ल नेपालमा पानी दियो

127

बीबीसी । व्यापक राजनीतिक ध्रुवीकरण, विवाद तथा विरोध प्रदर्शन एवं तीव्र बहसबीच झन्डै २७ वर्षअघि भएको नेपाल-भारत महाकाली सन्धिु पुन चर्चामा आएको छ। सन्धि भएको साढे दुई दशकभन्दा बढी समयपछि टनकपुर बाँधबाट नेपालले सिँचाइका लागि पानी पाउन थालेपछि उक्त विषय फेरि एक पटक धेरैको चासोमा परेको हो।

अधिकारीहरूका अनुसार टनकपुर बाँधबाट पानी पाउन थाले पनि शाखा नहरूको निर्माण सम्पन्न हुन बाँकी नै रहेकाले अहिले नै कृषकले उपयोगू गर्न सक्ने अवस्था भने छैन। उक्त सन्धिसम्बन्धी सुरुवाती छलफलदेखि त्यसमा संलग्न पूर्वसरकारी अधिकारी तथा नेपाल-भारत जल सरोकारसम्बन्धी जानकारले त्यसलाई एउटा सकारात्मक कुराू भनेका छन्। यद्यपि कतिपयले बाँधमा नेपालतर्फ पानी आउने ढोका भारततर्फ पानी जानेको तुलनामाू केही अग्लो स्थानमा राखिएकाले दीर्घकालीन रूपमा नै नेपालले हिउँदमा पानी नपाउने सम्भावना देखिएको भन्दै चिन्ता पनि व्यक्त गरेका छन्।

नेपालले कति पानी पाउँछरु
एकीकृत महाकाली सन्धिको धारा-२ ९२० मा टनकपुर बाँधबाट नेपालले बर्खायाम अर्थात् १५ मेदेखि १५ अक्टोबरसम्म २८.३५ घनमिटर प्रतिसेकेन्ड ९१,००० क्यूसेक) पानी प्राप्त गर्ने उल्लेख छ। त्यसमा सुक्खायाम अर्थात् १६ अक्टोबरदेखि १४ मेसम्म ८.५० घनमिटर प्रतिसेकेन्ड ९३०० क्यूसेक) पानी नेपालले पाउने भनिएको छ। सन्धिको धारा-४ मा महाकाली पारिका नेपाली भू-भाग भनेर चिनिने दोधारा-चाँदनी क्षेत्रका लागि १० घनमिटर प्रतिसेकेन्ड अर्थात् ३५० क्यूसेक पानी पनि उक्त बाँधबाट उपलब्ध हुने उल्लेख छ। टनकपुरबाट प्राप्त हुने पानीबाट नेपालको करिब ३५ हजार हेक्टर भू(भागमा सिँचाइ हुने विभागका प्रवक्ता नेपाल बताउँछन्।