भक्तपुरमा जलेको अवस्था वृद्धको शव भेटियो, घटना रहस्यमय

250

भक्तपुर । चाँगुनारायण नगरपालिकाको झौखेलमा एक जना वृद्धको शव जलेको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार ८४ वर्षको वृद्धको शव जलेको अवस्थामा भेटिएको हो । चाँगुनारायण नगरपालिका वडा नं. २ बस्ने करिब ८४ वर्षका जगत कुमार शिल्पकारको शव जलेको अवस्थमा भेटिएको छ ।

हजुरबाको हत्या भयोः क्षितिज शिल्पकार, नाति
जगत कुमार शिल्पकारका जेठि छोरी शोभा प्रजापतिका छोरा क्षितिज शिल्पकारले आफ्नो मामाघरका हजुर बाको हत्या भएको हुन सक्ने आंशका गरेका छन् । सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती बस्ने क्षितिजले भने ‘मामाले हजुरबालाई हेला गर्नु हुन्थ्यो ।’ खानापनि राम्ररी नदिने हेला गर्ने गरेको उनको आरोप छ । मामा केशव शिल्पकार, माइजु र २ छोरा घरमा भएपनि बाजेलाई हेला गरेको कारणले बेलाबेलामा विवाद गर्ने गरेको उनको भनाई छ । बिहान ८ बजेतिर मामाले बाजे मरेको भनेर फोन गरेको उनले बताए । प्रहरीले यस घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।