भक्तपुर । सूर्यविनायक नगरपालिका –५, कटुन्जेको बाइजुटार टोल सुधार समितिले शनिबार सुशिलाभैरव मन्दिर परिसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ६३ जना पुरुष र २८ जना महिला गरी जम्मा ९१ जनाले रक्तदान गर्नु भएको थियो। कार्यक्रममा नगरप्रमुख बासुदेव थापाले रक्तदाताहरुलार्इृ प्रमाणपत्र बितरण गर्नुभएको थियो। कार्यक्रममा वडा नं. ५का वडा अध्यक्ष राजकुमार जोशी र बाइजुटार टोल सुधार समितिका अध्यक्ष यादव अधिकारीले सम्पूर्ण रक्तदाता , सामाजिक संघ–संस्था, विद्यार्थी भाइ बहिनीहरू, बिद्यालय परिवार, आमासमुहहरू, वडा कार्यालय लगायत सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि हरेक कार्यमा साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो। कार्यक्रममा सूर्यविनायक नगरपालिकाको निवर्तमान उपप्रमुख जुना बस्नेत, वडा नं. ५का महिला सदस्य कमला पोखरेल, एमाले जिल्ला कमिटी सदस्य अनिता पाण्डेलगायतको उपस्थिति रहेको थियो।