प्रहरीले किन लियो जलाउँदै गरेको किशोरीको शव नियन्त्रणमा

134

वीरगञ्ज । पर्साको छपकैयास्थित आर्यघाटमा आधा जलेको शव प्रहरीले नियन्त्रणमा लिएको हो । बहुदरमाई नगरपालिका–७ बिश्रामपुरबाट जलाउँदै गरेको अवस्थामा १४ वर्षीया किशोरीको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद रुपमा मृत्यु भएकी १४ वर्षीया महिमा कुमारीको शव प्रहरी र गाउँलेलाई जानकारी नै नदिई परिवारले अन्त्येष्टि गरेका थिए । परिवारले घरमै विष सेवन गरेर उनले आत्महत्या गरेको बताएका छन् । घटनाबारे सूचना पाए लगत्तै प्रहरीले टोली परिचालन गरेर बुधबार राति नै शव नियन्त्रणमा लिएको थियो ।