वडाअध्यक्षले जबरजस्ती करणी गरेको आरोप

141

काठमाडौं । प्रहरीले बैतडीमा जबरजस्ती करणीको आरोपका एक वडाअध्यक्ष पक्राउ गरेको छ । मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र स्थानीय केशवसिंह पक्राउ परेका हुन्। पीडित महिलाले दिएको जाहेरीका आधारमा वडाध्यक्ष सहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । नेगी गएको वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए । उनीहरु दुवैलाई पीडितको जाहेरीका आधारमा मंगलबार नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता जोशीले बताए ।