काठमाडौं । नेपालमा असार १५ गतेलाई धान दिवस र दहि चिउरा खाने दिनको रुपमा मनाइन्छ । तर, यो दिन केही न केही विवाद सिर्जना भएका विगतका इतिहासलाई हामीले सम्झना गरेका छौ ।
१. हरि पराजुली काण्ड
वि स २०७२ असार १५ गते धान दिवसका अवसरमा राजधानीको मूलपानी रोपाईं कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका तत्कालिन कृषि मन्त्री हरि पराजुली विवादीत बने । पराजुली असार १७ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । ।असार १५ गते धान दिवसका अवसरमा राजधानीको मूलपानीमा भएको रोपाईं कार्यक्रममा सहभागी हुँदा महिलामाथि अशोभनीय व्यवहार गरेका कृषि मन्त्री हरिप्रसाद पराजुलीले मन्त्री पदबाट राजीनामा दिएका छन् ।परजुलीले मिडियाले गलत प्रचार गरेका कारण आफु माथि सार्वजनिक रुपमा प्रश्न उठाइएको भन्ने आरोप लगाउदैं आएका छन् ।
२. गमलामा धान रोपाई
२०७३ सालको असार १५ गते तत्कालिन कृषिमन्त्री हरिबोज गजुरेलले गमलामा धान रोपेर धान दिवस मनाएका थिए ।दौरासुरुवाल र कोट लगाएर राष्ट्रिय कृषि अनुसन्धान परिषद् पुगेका मन्त्री गजुरेलले गमलामा धान रोपेसँगै उनको देशभर विरोध भएको थियो । पछि उनले क्षमा पनि मागेका थिए ।
३. हिलो खेल्दा विरोध
केही युवायुवतीले रोपाई गर्नु भन्दापनि हिलो खेलेका तस्विरहरु सामाजिक संजालमा भाईरल भएका थिए । मर्यादा भन्दा बाहिर गएर त्यसको कार्य गरेको भन्दै सामाजिक संजालमा उनीहरुको विरोध भएको थियो ।
तस्विरहरु सामाजिक संजाल र गूगलबाट लिएका हौं । -सम्पादक