मंकीपक्सबाट पहिलो मृत्यु, हालसम्म ३ हजार भन्दा बढी संक्रमण

116

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएच‌ओ) ले नाइजेरियामा मंकीपक्सबाट पहिलो मृत्यु भएको पुष्टि गरेको छ। मंगलबार जारी गरिएको प्रतिवेदनमा हालसम्म विश्वका ५० देशमा ३ हजार ४१३ वटा मन्कीपक्सका बिरामी भेटिएको बताइएको छ। जसमध्ये ४१ जना नाइजेरियामा छन्।

डब्ल्युएचओको प्रतिवेदनअनुसार जुन १७ देखि २२ सम्ममा आठ नयाँ देशमा १ हजार ३१० जनामा संक्रमण देखिएको छ। प्रतिवेदन अनुसार हालसम्म बेलायतमा ७९३, स्पेनमा ५२०, पोर्चुगलमा ३१७, नेदरल्यान्डमा १६७, जर्मनीमा ५२१, फ्रान्समा २७७, अमेरिकामा १४७ र क्यानडामा २१०, बेल्जियममा ७७, इटालीमा ८५ र स्विजरल्याण्डमा ४६ जनामा मंकीपक्सको संक्रमण पुष्टि भएको छ। -एजेन्सी