भक्तपुर । मदरल्याण्ड स्कुलका विद्यार्थीहरुले कोभिड-१९ विरुद्धको पहिलो मात्रा फाइजर वायोएनटेक खोप लगाएका छन् । स्कुलमा अध्ययनरत ५ वर्षदेखि १२ सम्मका बालबालिकाहरुलाई कोभिड-१९ विरुद्धको पहिलो मात्रा फाइजर वायोएनटेक खोप लगाइएको हो । नंखेल स्वास्थ्य चौकीको समन्वयमा विद्यालयका ४०३ जना बालबालिकाहरुलाई खोप लगाईएको स्वास्थ्य चौकीका प्रमुख राजेन्द्र फैंजू जानकारी दिए । 
मदरल्याण्ड स्कुलका प्रिन्सिपल संजय खड्काले कोभिड-१९ विरुद्धको खोप लगाएपछि बालबालिकामा उक्त रोगको जोखिम कम हुने बताए । उनले समन्वयकालागि नंखेल स्वास्थ्य चौकी, सूर्यविनायक नगरपालिका र स्वास्थ्य कार्यालय भक्तपुरप्रति धन्यवाद व्यक्त गरे । 














