भक्तपुर । नेपाल औषधी व्यवसायी संघको ४९औ बार्षिकोत्सव तथा स्थापना दिवसको अवसर जेष्ठ नागरिकलाई दिवा भोज खुवाएको छ । सिद्दी स्मृति शालिग्राम जेष्ठ नागरिक आश्रममा आश्रीत वृद्ध वृद्दा हरुलाई संघले एक कार्यक्रम गरि दिवा भोजन गराएको हो । प्रतिष्ठान का संस्थापक अध्यक्ष श्याम भक्त धौभडेल तथा औसधि ब्यवसायी संघका पदाधिकारी तथा सल्लाहकारहरु बीच वर्तमान स्वस्थ्य नीति तथा औषधी व्यवसायी को समस्या तथा समाधानको बिषयमा छलफल भएको थियो ।
कार्यक्रममा संघको तर्फबाट अध्यक्ष नारायण प्रसाद भुसाल, महासचिब बिनोद कुमार सापकोटा, उपाध्यक्ष राजकुमार बुढाथोकी , कोषाध्यक्ष दिपा बस्नेत, सदस्य सान लामा, काठमाडौंका अध्यक्ष बद्री प्रसाद श्रेष्ठ, बागमती प्रदेश उपाध्यक्ष कृष्ण प्रसाद पाण्डे, सल्लाहकार तथा गायक कपिल कसपाल, दिल कुमार सुवाल, सङम खाइतु, बनेपा बाट जिबित थापालगायतको उपस्थिती रहेको थियो ।














