भक्तपुरमा सीजी नेटको लापरबाही, दुर्घटनाको जोखिम बढ्यो

143

भक्तपुर । भक्तपुर नगरपालिका कमलबिनायकमा सीजी नेटको तार जमिनमा लत्रीएको दुई हप्ता भयो । कमलबिनायक पाइपलाईन नयाँ बस्तीमा सीजीको तारले जमिन छुनै लागेर स्थानीय पटकपटक खबर गर्दा पनि मर्मत गर्न नआएको स्थानीयहरुले बताए । सडकमा आवतजावत गर्ने बाटुवा र सवारीसाधनलाई समेत उक्त तारको कारणले समस्या भएको छ । राति गाडी आउदा तार नै तन्केर पोल ढल्ने तनाव रहेको टोलका बासिन्दाहरुको भनाई छ।