काठमाडौं । हरिशरण लामिछानेले काठमाडौं ३ बाट संसदीय चुनाव लड्ने घोषणा गरेका छन् । स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माणको अभियान जारी रहेको भन्दै उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रेस नोटमा आफूले काठमाडौं ३ बाट चुनाव लड्ने समझदारी भएको बताएका छन् । सञ्जालले देशैभरका स्वतन्त्र उम्मेदवार बिच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरी निर्वचन छेत्र कायम गर्ने पनि पूर्वसञ्चारकर्मी लामिछानेले स्पष्ट पारेका छन् । लामिछानेका भाइ रविले पनि राजनीतिमा लागेर चुनाव लड्ने भन्दै टेलिभिजनको जागिर छाडेको घोषणा गरेका छन् ।