सार्वजनिक गाडीको भाडा बढ्यो, कहाँ जान कति लाग्छ, हेर्नुहोस्

89

काठमाडौं । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य बढेपछि सार्वजनिक गाडीको भाडा पनि बढाएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो । यात्रुवाहक सार्वजनिक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६।९४ तथा तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ७.७ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले सोमबार जारी गरेको सूचनामा उल्लेख छ । स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।

यहाँ हेर्नुहोस्

https://drive.google.com/file/d/1UkbDJ-l6eEL01RV8jpJjyaNNEMJ-o97E/