काठमाडौँ । काठमाडौंको जिल्लाको टोखा नगरपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । टोखा नगरपालिका –१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने कामदारबीच एकापसमा झगडा हुँदा गम्भीर घाइते भएका पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । लिम्बुको उपचारका क्रममा टिचिङ अस्पताल महाराजगन्जमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कुटपिटमा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई शुक्रबार राति नै पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।