परेली समुहको ‘थर्मो फेसिएल’ किट बजारमा

103

भक्तपुर । नेपालमा पहिलो पटक थर्मो फेसिएल किट बजारमा ल्याएको छ । परेली समुहले थर्मो फेसिएल किटको सार्वजनिक गरिएको हो ।
बिगत १२ बर्षदेखि यस क्षेत्रमा काम गर्दै आएको समुहले बजारमा ल्याएको किटले छालाको चाउरीपना र अनुहारको चाँयाँपोतो हटाउने तथा बुढ्यौलीपना घटाउने समुहका अध्यक्ष एबं अनुसन्धानकर्ता मोहन अर्यालले बताउनु भयो । कपाल सम्बन्धि सामग्री उत्पादनको क्षेत्रमा काम गर्दै आएको भए पनि यस पटक दश बर्षको अनुसन्धानपछि यो किट उत्पादन गरी बजारमा ल्याएको अर्यालले बताए । एक जनाका लागि यसको मुल्य ७ सय पर्दछ ।

एक प्याकको ४ हजार २ सय पर्दछ भने एक प्याकले ६ जनालाई प्रयोग गर्न मिल्ने निर्देशक रहनु भएका सौन्दर्य बिज्ञ मेनुका शिवाकोटीले बताउनुभयो ।
थर्मो फेसिएल किटको नेपाल ब्युटिसियन संंघका केन्द्रीय अध्यक्ष भगवती खड्का,महिलानेतृ एबं समाजसेवी सरु बाँनिया,आईसीटी टे«निङ्ग सेन्टरका प्रमुख सौन्दर्य प्रशिक्षक शोभा अर्याल लगायतले सार्वजनिक गर्नु भएको थियो ।