१५ असारसम्म मल आउँछ: कृषि मन्त्री

79

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले १५ असारसम्म ८० हजार मेटिकटन मल उपलब्ध हुने आश्वासन दिएका छन् । कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधिसभामा भइरहको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले साल्ट्रडिङले ठेक्का लगाएको मल त्यो बेलासम्म आइपुग्ने दाबी गरे । ‘डीएपी र युरिया मल ८० हजार मेट्रिकटन १५ असारसम्म आउँछ, अहिले हामीसँग १४ हजार मेट्रिकटन छ,’ मन्त्री यादवले भने, ‘भारतसँगको जीटूजीको मल पनि छिट्टै ल्याउन पहल गरिरहेका छौं ।’ किसानलाई रासायनिक मलको सट्टा नानो यूरिया मल प्रयोग गर्न पनि उनले सुझाए । संसदहरुले सोधेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले सरकारले मल कारखाना निर्माणको विषय चाँडै टुंगो लागाउने पनि बताए ।