अमेरिकी नीतिः नेपालीको काँधमा बन्दुक राखेर, चीनलाई ठोक्ने

152

अमेरिकालाई खुसी बनाउदाँ हाम्रो भविष्य चौपट हुदैं

-नयाँ घर साइलो

अमेरिकाले चीन विरोधी प्रचारका लागी विश्वभर प्रलोभन बाढ्दै आइरहेको छ । चीन विरुद्ध विश्वव्यापी घेराबन्दी परिचालन द्रुत गतिमा बढिरहेको छ । त्यसकोलागि एशियाली मुलका सानादेशहरु अमेरिकी लोभमा फसेर चीन विरुद्ध लागि रहेका छन् । त्यसले ती देशहरुलाई वर्तमानमा थोरै फाइदा भएपनि भविष्य ठुलो नोक्सानी हुने निश्चित छ ।

भारत, जापान, दशिण कोरियाजस्ता एशियाका ठुलादेशहरु छिमेकी चीनलाई चिडाउन संयुक्त राज्य अमेरिकासग हात मिलाई रहेका छन् । साना देश नेपाल, भूटान, बंगलादेशलाई अमेरिका लोभमा फसाँएर चीन विरुद्ध सैन्य गतिविधी गर्न भूमि प्रयोग गर्न खोजिरहेको छ । मुख्यत चीनसंग सीमाना जोडिएका देशनै अमेरिकाको तार्गेट हुन् । विभिन्न संम्झौताका नामा ती देशमा आफ्ना सेना राख्ने र क्रमश बढाउदैं लाने उसको कुटनीति हो । अमेरिकाको विश्वमा राज गर्ने नीतिलाई सफल बनाउन साथ दिदाँ हाम्रो नेपालको परराष्ट्र नीति धरापमा पर्न थालेको छ ।

एमसीसीपछि अमेरिकाका उच्च पदस्थ कर्मचारी र मन्त्रीहरु नेपाल आउने क्रम बाक्लो हुदैंछ । यो सकारात्मक पक्ष होइन । कुनैपनि देशको पक्षमा नलाग्ने हाम्रो देश नेपालको परराष्ट्र नीति सरकारको नेतृत्व गर्नेहरुले लोभी मनले गर्ने विवादमा पर्न थालेको छ । सिधा भन्नु पर्दा हाम्रो नेताहरुलाई लोभ देखाएर विभिन्न सम्झौता गर्न लगाउने र त्यसको कालान्तरमा नेपाली भूमी चीन विरुद्ध प्रयोग गर्ने नीति लिएको अमेरिका सफल हुदैं गइरहेको छ ।
नेपालका राजनीतिक पार्टीहरु टुक्रा टुक्रमा विभिजित भएसंगै राष्ट्रियता कमजोर हुदैं गइरहेको छ । राजनीतिक हिसाबले चीनसंग नजिक भएका नेपालका कम्युनिष्टहरु आफैंमा लडिरहेका छन् । हाम्रो कमजोर मनोभावनालाई समातेर अमेरिका अगाडी बढिरहेको छ । यसो भनिरहदाँ चीन चाही हाम्रो असली मित्र भन्न जोखिएको हैन् । उ पनि व्यापारी हो । भुकम्पछि बन्द भएका नाका खुलाएर सहज बनाउन चीनले पहल गरिरहेको छैन् । हिमाली भेगका केही स्थानमा सीमा विवाद समेत रहेको देखिन्छ । संयौं वर्षदेखि स्वतन्त्र रहेको एउटा नेपाललाई आफ्ना पक्षमा पारेर अरुको विरुद्ध प्रयोग गर्ने नीतिको हामीले विरोध गर्नु पर्दछ ।

अमेरिकाले एमसीसीपछि अब एसपीपी गर्न नेपाललाई दबाब दिन थालेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र नेपाली सेनाबीच हुन लागेको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको लागु भए नेपालको भविष्य जोखिममा पर्ने निश्चित छ । खुलेर भन्नु पर्दा हामी चीन अमेरिकाको लडाईका बीचमा हुनेछौं । दोस्रो युक्रेन हुन केही बेर लाग्ने छैन् ।
नेपालको जुनसुकै भागमा अमेरिकी सेना तैनाथ हुन पाउने बुदाँ एसपीपीमा उल्लेख गरिएको छ ।

सम्झौतामा अमेरिकाका तर्फबाट रक्षा मन्त्रालयका अधिकारीले हस्ताक्षर गर्ने प्रस्ताव छ । नेपालका तर्फबाट नेपाली सेनाका प्रधानसेनापतिलाई हस्ताक्षर गराउने गरी मस्यौदा तयारी बनाएर राखीएको छ । त्यसलै वर्तमान गठबन्धन सरकारको विदेशी नीति नै नेपाललाई विदेशीको चलखेल गर्ने केन्द्र बनाउने भएकाले त्यस विरुद्ध सबै नेपाली एक जुट भएर लाग्नु पर्ने देखिन्छ ।

राष्टघात हुने एसपीपी सम्झौताको केही बुदाँ यस्तो छ

– उच्च भूगोल (उत्तरी हिमाली क्षेत्र) मा पारस्परिक सैन्य अभ्यास गर्ने।

– प्राकृतिक प्रकोप व्यवस्थापनमा साझा तालिम र सहकार्यहरु गर्ने।

– नेपाली सेनाका जवानहरुलाई अमेरिकामा सैन्य विषयमा पढ्न पठाउने।

– युटा नेशनल गार्डका सिपाहीलाई नेपाली सेनाको नेशनल डिफेन्स आर्मी कोर्षमा सहभागी गराउने।

पाँच– बहुपक्षीय सैन्य अभ्यासको समन्वयसम्बन्धी तालिमहरु दिने।

– ‘सिभिलियन लिडरसीप इन्गेजमेन्ट’ का लागि नेपालका गैरसैनिक नागरिक (राजनीतिक व्यक्ति) हरुलाई नेपाल सरकारले सिफारिस गरेअनुसार अमेरिकामा अवलोकन भ्रमणको सुविधा उपलब्ध गराउने।

– नेपाली सेनाले मागेअनुसार हल्का एवं कम घातक सैन्य सामाग्रीहरु अमेरिकाले उपलब्ध गराउने।

– साइबर सेक्युरिटी तालिममा नेपाली सेनालाई सहयोग गर्ने।

– नेपाली सेनालाई प्रतिआतंकवाद इन्टिलिजेन्स क्षमता बढाउन सहयोग गर्ने।

के यसले नेपाल र नेपालीको भविष्य सुन्दर बनाउनछ ? की युक्रेनी जनताको जस्तो सोच्ने बेला आएको छ ।