निजगढ विमानस्थल निर्माण नगर्ने हो भने अधिग्रहण गरेका जग्गा भूमाफियाले कब्जा गरेर सिध्याउने

72

काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले निजगढ विमानस्थल निर्माण नगर्ने हो भने सरकारले अधिग्रहण गरेका जग्गा भूमाफियाले कब्जा गरेर सिध्याउने बताएका छन्। विमानस्थलका लागि १ सय १० बिघा जमिन अधिग्रहण गर्नुपर्नेमा ७६ बिघा जमिन सरकारले अधिग्रहण गरिसकेको उनको भनाइ छ। ‘नागरिक उड्डयन प्राधिकरणले मात्रै ३ अर्ब रुपैयाँभन्दा बढी पैसा खर्च गरिसकेको छ, त्यहाँ अहिले जसले विमानस्थल बनाउनुहुँदैन भनेका छन्, तिनीहरुले भूमाफियासँग मिलेर सरकारले अधिग्रहण गरेको जग्गा अतिक्रमण गरिरहेका छन्।’ उनले भने, ‘यदि छिट्टै विमानस्थल नबनाउने हो भने सबै जग्गा कब्जा गरेर सक्छन्।’सरकारको यत्रो ठूलो लगानी खेर जाने गरी अदालतले निर्णय दिएको भन्दै उनले आलोचना पनि गरे।‘अदालतको क्षेत्राधिकार भएर बोल्न नमिल्ने भन्ने हुन्छ?, म पनि कानुनको विद्यार्थी हो। शक्ति पृथकीकरण न्यायपालिकालाई लाग्दैन?’ रावलले प्रश्न गरे,’न्यायपालिकाले देशलाई यत्रो हानी पुग्नेगरी निर्णय गर्न मिल्छ ?