लोसपा ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाए

124

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।विभिन्न ११ बुँदे माग राख्दै लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेका थिए। ​ लोसपाले थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतका माग राखेको छ। त्यस्तै, कालोबजारी र महँगी नियन्त्रण अविलम्ब गर्नुपर्ने लोसपाले माग गरेको छ।