पशुपालन गर्ने किसानका दुःख, लगानी उठाउनै मुस्किल

263

काठमाडौं । सरकाले केही समय यता दुधको मुल्य बढाएको भनेपनि बढेको रकम किसानले पाएका छैनन् । किसानसंग दुध संकलन गर्नेहरु बढेर आइनसकेको भन्दै मुल्य दिएका छैनन् । दुधको मुल्य बढेर आएपनि किसानमा खुसी देखिएको छैन् । शहर नजिकैका किसाने १७ रुपैँया पाउने भएपनि ग्रामिण भेगका किसानले भने १४ रुपैयाँ प्रति फ्याट पाउन मुस्किल रहेको किसानहरुको भनाई रहेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा न. १ गिर्धरेका पशुपालक किसान रामप्रसाद ढकालले भने ‘हामीले मुल्य बढेको भन्ने सुनेका छौ, शहरमा बढेको मुल्य गाउँमा कहिले आइपुग्छ थाहा छैन् ।’

हाल प्रति फ्याट १२ रुपैयाँ ४० पैसा पाइरहेका छौं जुन भनेको ५ फ्याट आयो भने लिटरको ६२ रुपैँया पर्ने गरेको ढकालको भनाई छ । गाई भैसीको खरिद गर्दा नै लाखौं लगानी गर्नु पर्ने, पराल, ढुटो, पिना, पिठो किनेर पशुपालन गर्दा लागनी उठाउन मुस्किल हुन थालेको भक्तपुरमा जग्गा भाडामा लिएर गाइभैसी पाल्दै आएका इश्वरीप्रसाद घोरासाइनेको गुनासो गरे ।
‘२ लाख रुपैयाँ लगानी गरेर भैसी किनेर ल्यायो मुस्किलले ७÷८ महिना दुध दिन्छ त्यस भैसी किनेको पैसा त उठ्ला तर, हामीले खुवाएको र काम गरेको पैसा उठ्दैन्,’ किसान घोरासाइनेले भने ।

दुधको मुल्यमा एक रुपता छैन्
सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा न. २ ज्योतिष गाउँका किसान भिमसेन खतिवडाका अनुसार सो स्थानमा पहिला ११ रुपैयाँ ५० पैसा प्रतिफ्याट पाउदैं आएका थिए । अब बढेको मुल्यमा १२ रुपैया ८० पाउने सुनेको बताए ।
काठमाडौं जिल्ला टोखा नगरपालिका वडा न. १ की किसान मन्जु अधिकारीले लिटरको ६० रुपैयाँ पाउदैं आएको बताइन् । जुन ५ शुन्य फ्याट बराबराको मुल्य भएको उनको भनाई छ ।
राजधानी शहरमा पशुपालन गर्ने किसानले प्रति लिटर ८५ रुपैयाँ दुधको मुल्य पाउदा काभ्रे, काठमाडौं, सिन्धुपाल्चोक र ललितपुरका ग्रामिण बस्तीका किसानले भने ६० रुपैयाँ मात्रै पाउने गरेका छन् । पशुपालन गर्ने किसानहरुले किन्ने दाना, ढुटो ढुवानी गरेर गाउँ पु¥याउदा शहरमा भन्दा चर्को पर्ने गरेको बताउछन् ।

२ लाखको भैसी, १ लाखको गाई
किसानहरुले दैनिक १० लिटर दुध दिने भैसी खरिद गर्दा त्यसको न्यूनतम मुल्य २ लाख र सोही बराबरको गाईको मुल्य १ लाख रुपैँयासम्म पर्दछ । यदि एउटा भैसीले ८ महिना दुध दियो भने करिब २२ सय लिटरसम्म दिनसक्छ, त्यसको गर्दा शहरमा पालेको भए १ लाख ८७ हजार बराबर हुन आउने अर्का किसान राजकुमार घोरासाइनेले बताए ।
अहिले बजारमा दाना प्रति किलो ४०, ढुटो ३८ र मकैको पिठो ४८ रुपैया, पराल एक मुठाको २० रुपैँया पर्दछ । राजकुमारले भने ‘एउटा भैसीलाई दैनिक २ केजी ढुटो, २ केजी पिठो, १ केजी दान र ५ मुठा कम्ती खुवाउनु पर्दछ ।
यसरी हिसाब गर्दा दैनिक खुवाउन मात्र ३ सय भन्दा धेरै रुपैयाँ खर्च हुने गरेको किसानहरुको भनाई छ । सरकारले दिने अनुदानका रकम झोलामा फर्महुनेहरुले पाउने तर, वास्तविक किसानले भने काम गर्दासम्म मुल्य पाउन नसकेको उनीहरुको गुनासो छ ।