गगनकुमार थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरु आइरहेको बताए

101

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि मागहरु आइरहेको बताएका छन्।उनले पार्टीमा औपचारिक रुपमा भने मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल नभएको बताए। पार्टीका तर्फबाट मन्त्रिपरिषद्मा हेरफेरको निर्णय प्रधानमन्त्री तथा पार्टीको सभापतिको चाहनामा भर पर्ने उनको भनाइ छ।

‘नेपाली कांग्रेसको कुनैपनि बैठकमा यो विषयहरुको बारेमा कुनै छलफलहरु भएको छैन। यद्यपी पार्टीको केही नयाँ सांसदहरु जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनुभएको छैन। निर्वाचित भएर आउनुभएका केही नयाँ साथीहरुले यत्रो नेपाली कांग्रेसको सरकार हुँदै गर्दाखेरी पनि केही नयाँ साथीहरुले मौका पाएको भए केही नयाँ कुराहरु सिक्ने मौका हुन्थ्यो। भविष्यका निम्ति आफुलाई नयाँ जिम्मेवारीलाई तयार गर्न सकिन्थ्यो भन्ने कुरा थुप्रै सांसदहरुको कुरा छ। खासगरी नयाँ सांसदहरुको।’ थापाले भने। नेपाली कांग्रेसमा एकल सरकार बनेपनि एउटै अनुहारहरूले मन्त्री हुने, गठबन्धन सरकारमा पनि तिनै मन्त्री हुने हो भने त भोली गएर निर्वाचन जित्दै गर्दाखेरी पनि मन्त्री को हुने भन्ने बारेमा अहिले अनुमान लगाउन सकिने उनको भनाइ थियो।