काठमाडौँ । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु परिवर्तन गर्ने भएको छ । पार्टीका अध्यक्ष माधव नेपाल समेत मन्त्री परिवर्तनको तयारीमा लागेको स्रोतले जानकारी दिएको छ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टीको सचिवालय बैठकले २४ घण्टाभित्र हाल कायम रहेको मन्त्रीहरुलाई फिर्ता बोलाउने र सरकारमा नयाँ सेट पठाउने निर्णय गरेको बताए ।
‘मन्त्री परिवर्तन गर्ने निर्णय भएको छ । २४ घण्टाभित्र पुराना फिर्ता आउने र नयाँ साथीहरु सरकारमा जानु हुन्छ’ खनालले भने । शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा समाजवादीको तर्फबाट स्वास्थ्यमन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री किसान श्रेष्ठ रहेका छन् । त्यसैगरी भवानी खापुङ स्वास्थ्य राज्यमन्त्री रहेका छन् ।